‘चपली हाइट ३’ पुष २ गते रिलिज हुने



पोखरा

यसै वर्षको पुष र आगामी नयाँवर्षको अवसर पारेर वैशाखलाई रिलिज गर्ने गरी दुई फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेका छन् । निर्माता अर्जुन कुमारको निर्माण रहेको सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ पुष २ गते रिलिज हुनेछ भने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ वैशाखमा रिलिज हुनेछ । यद्यपि ‘प्रकाश’ रिलिज हुने दिन तोकेको छैन ।

फिल्म ‘चपली हाइट ३’ दुई वर्ष अघि नै रिलिज हुने तयारीमा थियो । तर कोभिड महामारीका कारण फिल्मको रिलिज अनिश्चित भएको थियो ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ । फिल्मका अघिल्ला दुई सिरिज व्यावसायिक रुपमा सफल फिल्म मानिन्छन् ।

यता फिल्म ‘प्रकाश’ले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा देखाउनेछ । फिल्ममा अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा प्रदीपसँगै रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा लेखन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको व्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । जुम्लामा छायांकन गरिएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, अनुप बरालको कास्टिङ निर्देशन, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत तथा आरआर फिल्मसका लागि रत्न श्रेष्ठ र रोहित कट्टेलको वितरण छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja