राजेश हमालको स्वर रहेको गीत सार्वजनिक



पोखरा

अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो । उहाँले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाउनु भएकाे थियाे । यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिनुभएकाे छ । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गर्नुभएकाे छ ।

हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोल्नुभएकाे थियाे । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहनुभएका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja