मिठाइ बनाउँदा अखाद्य वस्तु प्रयोग गर्नेलाई १०–१० हजार जरिवाना



पोखरा

काठमाडौंका मिठाइ पसलहरूले मिठाइ बनाउँदा अखाद्य वस्तु ‘हाइड्रो’को प्रयोग गरिरहेको पाइएको छ ।महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार लाजिम्पाट क्षेत्रमा रहेका २ वटा मिठाइ पसलको भान्छामा ‘हाइड्रो’का बट्टा नै फेला पारेको हो ।मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छाबाटै त्यस्ता अखाद्य वस्तुहरु बरामद भएको अनुगमन टोलीले जनाएको छ ।

महानगरपालिकाले ती दुवै पसललाई त्यस्ता वस्तुहरु अब उपयोग नगर्न सचेत गराउँदै १०–१० हजार रुपैयाँ जरिवाना तिराएको छ ।पसलका सञ्चालकहरु स्वयंले मिठाइ बनाउँदा हाइड्रोको उपयोग गर्ने गरिएको स्वीकार गरेका थिए । उनीहरुले लागत मूल्य घटाउनका लागि हाइड्रोको उपयोग गर्ने गरिएको स्वीकार गरेका छन् ।उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउँछन् । उनीहरुको रुची अनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ ।

त्यति महँगो कसले खाने ? त्यसैले यो मिसाएर बनाउनुपर्ने हुन्छ,’ उनीहरुले अनुगमन समितिसँग भनेका थिए ।त्यस्तै, तृष्णा मिठाइको भान्छाबाट म्याद सकिएका थप ८ बट्टा रङ र निखिलेश्वरमको भान्छाबाट करिब २० लिटर म्याद सकिएको बटर जफत गरेको छ । टोलीले सोह्रखुट्टे चोकमा रहेको सूर्यदेव मिठाइ पसलबाट करिब २ सय वटा रसवरी नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja