फेसबुकले कमायो तीन महिनामा ९ अर्ब डलर नाफा



पोखरा

संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ ।

बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो ।

एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ । एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन् ।

आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुले उनले फेसबुकले बालबालिकालाई नकरात्मक असर गरेको बताएकी थिइन् । फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja