चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट सिनेमा हलमा रिलिज हुँदै



पोखरा

नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ मंगलवारदेखि सिनेमा हलमा रिलिज हुँदैछ ।

शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन् । दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन् ।

चलचित्र ‘डाँडाको वरपीपल’ बूढासुब्बा मुभिजले डिजिटल प्लेटफर्मका लागि निर्माण गरेको चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja