घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



पोखरा

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जीपमा सवार ९ जनामध्ये१ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए।

मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए। पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja