कास्कीका ६७ जनासहित गण्डकीका ९२ जनामा कोरोना पुष्टि, थप एक जनाको मृत्यु



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा गण्डकीका ५९३ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनामा कोरोना पुष्टि भएको छ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६७ जना, तनहुँका १४ जना, नवलपुरका एक जना, स्याङ्गजाका छ जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार २७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ८७४ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०२६ छ।

शुक्रबार गण्डकीमा थप एक जना संक्रमितको मृत्यु पुष्टि भएको छ। आज मृत्यु हुनेमा स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -१४ निवासी ८६ वर्षीय वृद्ध छन्। आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja