पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा २० जनाको मृत्यु



पोखरा

पश्चिम प्रान्त बलुचिस्तानमा आज (बिहीबार) बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

उद्दारकर्ताहरुले भत्किएका संरचनाहरु हटाउने र अवरुद्ध सडकलाई खुलाउने प्रयास गरिरहेका छन्। प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो।

अमेरिकी भूगर्भ विभागका अनुसार जमिनको सतहदेखि २० किलोमिटर तलदेखि भूकम्पको धक्का महसुस गरिएको छ।
‘हामीले २० जनाको मृत्यु र १०० भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौं’ प्रान्तीय मन्त्री जिया लोंगोभले अलजजिरासँग भनेका छन्।

उनका अनुसार भूकम्पपछि गएको पहिरोले सडक अवरुद्ध हुँदा उद्दार कार्यमा कठिनाई भएको छ। बलुचिस्तान पाकिस्तानको ठूलो तर कम जनसंख्या बसोबास गर्ने प्रान्त हो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja