सभामुख सापकोटाद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण



पोखरा

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेट आश्रित दुईवटा विधेयक प्रमाणित गरेका छन् । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सापकोटाले मंगलबार प्रमाणीकरण गरेका छन् ।

सभामुखले प्रमाणीकरण गरेका ती विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइने संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि ती विधेयकले ऐनको रुप लिने छन् र कार्यान्वयनमा आउनेछन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । यसअघि विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja