पोखरामा जागिर लगाइदिन्छु भनि फाराम भराई जनही २५ सय ठगी गर्ने पक्राउ



पोखरा

पोखराका दुई ठाउँ तालचोक र सिद्धार्थचोकमा पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै फाराम भराई जनही २५ सय लिँदै लाखौं ठगी गर्नेलाई शिशुवा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार ३ जनाको लिखित जाहेरीपछि पौडेलविरुद्ध कारबाही प्रक्रिया सुरु भएको छ । यद्यपी, शुक्रबार नै शिशुवा प्रहरीले पक्राउ गरी जिप्रका, कास्कीमा पौडेललाई पठाइसकेको थियो । उनी कास्की प्रहरी हिरासतमै छन् ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja