प्रतिबन्धित लागुऔषधसहित दाजुभाई पक्राउ



पोखरा

सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् ।

इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja