देउवा नेतृत्वको वर्तमान सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने घोषणा



पोखरा

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ५ लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोरोना महामारी लगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन् ।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो ।

कोभिड-१९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रलाई उच्च प्राथमिकता दिएर पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja