कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज



पोखरा

नेपाली कांग्रेसको आसन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज गरिएको छ ।

कांग्रेस नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आसन्न १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

कोरोनाको महामारीका समयमा महाधिवेशन गर्न नहुने वैद्यको जिकिर थियो ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा १४ औं महाधिवेशन हुँदैछ । वडा अधिवेधन ५६ जिल्लामा सम्पन्न भइसकेको छ भने अन्य जिल्लामा पनि वडा अधिवेशनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja