पोखराको पृथ्वीचोकमा जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



पोखरा

पोखराको पृथ्वीचोकबाट ६ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । 

कास्की प्रहरीले पोखरा महानगरपालिका -९ पृथ्वीचोकस्थित स्याङ्जा बुटवल खाजा घर भित्र हार जितको बाजी लगाएर जुवा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा उक्त खाजा घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङ जिल्ला स्थायी घर भइ हाल जिल्ला पोखरा – ९ नागढुङ्गा बस्ने ४३ वर्षीय तिलक बिक, पर्वत जिल्ला मोदी गाउँपालिका – ६ तिलाहार वस्ने ५४ वर्षीय याम बहादुर लामिछाने, स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका – ३ धोवादी बस्ने ४६ वर्षीय चुन बहादुर थापा, पर्वत जिल्ला भोर्ले गाउँपालिका – ४ पैयुँ घर भइ हाल जिल्ला कास्की पोखरा
– ९ नयाँबजार बस्ने ४८ वर्षीय जित बहादुर गुरुङ, पोखरा – ६ लेकसाईड जरेवर बस्ने ३२ वर्षीय बसन्त श्रेष्ठ र स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका – ३ धोवादी बस्ने २६ वर्षीय विनोद बिक रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट २ लाख ८६ हजार ७ सय २० रुपैयाँ नगद वरामद गरेको छ भने,

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja