नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षण गर्न कतार प्रस्थान गर्दै



पोखरा

आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएको छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ ।

साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता जनाउने छन् । कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन ।

नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १(१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २(१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

एन्फाले कतार भ्रमण तयसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २१ भदौमै कतार प्रस्थान गरेका थिए । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन् । उनी साफ अगाडि टोलीमा जोडिने छन् । अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुने छन् ।

कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja