आज राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै



पोखरा

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

उज्वेकिस्तानमा हुने एएफसी एशिया कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेललाई नेपालले खेलाडीको स्तर परीक्षणका रुपमा लिएको छ ।

आज भएको प्रि म्याच कन्फरेन्समा बोल्दै नेपलाी टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिपले खेलका लागि तयार रहेको बताए । कोभिडका कारण परिस्थिति अनुकुल नभएको समयमा खेल्न पाउनु ठुलो अवसर भएको उनको भनाइ छ । पछिल्लो ६ सातादेखि टिम बन्द प्रशिक्षणमा रहेको भन्दै ग्यारीले टिममा आन्तरिक प्रतिस्पर्धा तीव्र रहेको बताए । प्रतिस्पर्धा तीव्र हुदा टिमलाइ फाइदा हुने उनको भनाइ थियो ।

उज्वेकिस्तान जानु अघि टिममा के कमजोरी छ भन्ने थाहा पाउन मैत्रीपूर्ण खेलले महत्वपूर्ण भूमिका खेल्ने ग्यारीले बताएका छन् । स्टार स्ट्राइकर सावित्रा भन्डारीको अनुपस्थिति खड्किने उनले बताए ।

आफूसँग उत्कृष्ट २३ खेलाडी रहेको प्रशिक्षक ग्यारीको भनाइ छ । बंगलादेशका प्रशिक्षक गोबान रोब्बानीले यस्तो कठिन समयमा फिफाको क्यालेन्डर अनुसार खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ एनफालाई धन्यवाद दिए ।

उनले आफ्नो टिममा अधिकांश खेलाडी उमेर समूहका रहेको र उनीहरु बीच राम्रो तालमेल रहेको बताए । नेपाल दक्षिण एशीयाको एक उत्कृष्ट टिम भएको भन्दै भोलिको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने उनको विश्वास छ । रोब्बानी भन्छन् सावित्रा टिमा नहुनु बंगलादेशका लागि पनि दुःखद हो । सावित्रा नभएपछि डिफेन्डरले खुलेर खेल्ने उनको भनाइ छ । बंगलादेशकी कप्तान सविना खातुनले नेपालसँगको प्रतिस्पर्धाका लागि तयार रहेको जनाइन् ।

नेपालले बंगलादेशसँग अहिलेसम्म हार बेहोरेको छैन । दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे शुरु हुनेछ । खेलका लागि २ र ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । यो पुस्ताको महिला टिमले पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो ।

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । त्यसपछि नेपाल उज्वेकिस्तान जानेछ । नेपालले छनोट खेलमा १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ म हङकङसँग खेल्नेछ । नेपाल सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja