तालिबानद्वारा महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई निर्घात कुटपिट



पोखरा

अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरुको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा तीन पत्रकारलाइ सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरुको अनुहारमा चोट र निलो डाम देखिन्छ ।

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja