पोखराका पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका एक सय १० जना व्यवसायी नेकपा एमालेमा प्रवेश



पोखरा

पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एक सय १० जनाले पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघका (ना) पूर्व अध्यक्ष एवम् अठारौँ एशियन खेलका पदक विजेता पर्यटन व्यवसायी योगेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी,टानका सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पूर्व अन्तर्राष्ट्रिय खेलाडी रामबहादुर ढकाल, प्याराग्लाइडिङ राष्ट्रिय खेलाडी युकेश गुरुङ, फुटबल खेलाडी विष्णु केसी लगायत विभिन्न संघसंस्था र व्यवसायमा आवद्ध पर्यटन व्यवसायीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई अविर, टीका र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभयो। अध्यक्ष ओलीले नवप्रवेशीहरुले सही पार्टी रोजेको बताए ।

पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रिय सचिव एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका सांसद राजीव पहारी, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja