अभिनेत्री ऋचा शर्माले जन्माइन छोरा



पोखरा

गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी अभिनेत्री ऋचा शर्माले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja