गण्डकी प्रदेशमा केही समय भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध



पोखरा

भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीका कारण आज बुधबार गण्डकी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा दिउँसो तथा  राति  उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी स्थानहरुमा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘लामाे समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएकाे छ ।’

पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सामान्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

महाशाखाले बिहीबार र शुक्रबार  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja