सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध- मुख्यमन्त्री पोखरेल



पोखरा

मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका छन्। 

‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरेका छन् । 

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । निजामती सेवा दिवसकै अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षरोपण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja