हलिउड अभिनेता माइकल के विलियम्सको निधन



पोखरा

हलिउड अभिनेता माइकल के विलियम्स न्यूयोर्कस्थित ब्रुकलिन पेन्ट हाउस अपार्टमेन्टमा मृत भेटिएका छन् । उनी ५४ वर्षका थिए ।

न्यूयोर्क सिटी पुलिसले उनको शव बरामद गरेपछि उनको के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान सुरु गरेको छ ।

न्यूयोर्क प्रहरी विभागका प्रवक्ता लेफ्टिनेन्ट जोन ग्रिम्पेलले विलियम्स आफ्नो अर्पाटमेन्टमा दिउँसो दुई बजे इमरजेन्सी अपरेटरलाई फोन गरेपछि मृत भेटिएको बताए ।

घटनास्थलको अध्ययन गरेपछि प्रहरीले माइकलको निधन लागुऔषधको ओभरडोजबाट भएको हुनसक्ने अनुमान लगाएको छ ।

माइकल आफ्नो टेलिभिजन शो ‘द वायर’ शोमा उनले उमर लिटिलको भूमिका निर्वाह गरेका थिए । शोमा उनी एक यस्ता अपराधीको चरित्रमा थिए, जसको स्ट्रिक्ट मोरल कोड थियो ।

उनी एचबीओ सिरिज ‘बोर्डवाक एम्पायर’ र ‘लवक्राफ्ट कन्ट्री’ र फिल्ममा ‘१२ इयर्स ए स्लेव’, ‘असेसिन्स क्रीड’ र ‘गोन बेबी गोन’ जस्ता हिट फिल्मका हिस्सा थिए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja