तनहुँमा जुवातास खेलिरहेका ९ जना पक्राउ
पोखरा
जुवातास खेलिरहेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको ब्यास नगरपालिका वडा नं -४ निवासी मिन बहादुर गुरुङको घरमा तास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।