पोखरामा कक्षा १२ का विद्यार्थीलाई निम्न केन्द्रमा कोरोना विरुद्ध खोप लगाइने
पोखरा
पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गरि कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि कोरोना विरुद्धको खोप लगाइने मिति र खोप केन्द्र तोकेको छ ।
खोप लगाउनका लागि विद्यार्थी १८ वर्ष पुरा हुनुपर्नेछ । २०६० भदौ २१ गतेभन्दा अगाडी जन्मीएका विद्यार्थीले मात्र खोप लगाउन पाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।
सूचनामा कक्षा ११ पनि लेखिएको हुँदा उक्त सूचना गलत भएको, अहिले परिक्षालाई मध्यनजर गर्दै १८ वर्ष पुरा भएका कक्षा १२ का विद्यार्थीलाई मात्र खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।