मृत भेटिइन् रसियन अभिनेत्री अलेक्जेण्डर



पोखरा

रसियन २४ वर्षीया अभिनेत्री अलेक्जेण्डर उत्तर गोवाको आफ्नो घरको भित्री कोठाको छतमा झुण्डिएको अवस्थामा भेटिएकी छन् ।

उनी यो घरमा प्रेमीका साथ बस्दै आएकी थिइन् । गोवा प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भने पनि उनीहरु पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छन् ।

प्रहरीका अनुसार अलेक्जेण्डर मानसिक रुपले तनावग्रस्त थिइन् ।

गोवा प्रहरीले रसियन दुतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ । उनीहरुले दुतावासलाई पोस्टमार्टम रिपोर्ट चाँडै आउने आश्वासन दिएका छन् ।

अलेक्जेण्डरले सन् २०१९ मा चेन्नई प्रहरीमा एक फोटोग्राफरविरुद्ध यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन् । उनले फोटोग्राफरले तस्वीर खिच्नुको साटो यौन चाहना व्यक्त गरेको दाबी गरेकी थिइन् ।

अलेक्जेण्डरले तमिल फिल्म ‘कंचना ३’मा अभिनय गरेकी थिइन् । राघव लरेन्सको यो फिल्ममा उनले रोजी नामको एक चुडेलको भूमिका निभाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja