कास्कीलाई नै पशुमा पूर्ण पशु खोप युक्त जिल्ला बनाउने योजना



पोखरा

‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशु धनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।

भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा.शोभा शर्माका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ्रे«े र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी  रोगविरुद्ध भैँसीलाई खोरेत र एचएसविक्यू, भेडा बाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविज विरुद्धको खोप दिइने छ ।

प्रमुख डा.शर्माले भनिन्, ‘सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोप युक्त जिल्ला बनाउने योजनामा छौँ ।’

खोप अभियान सञ्चालनका लागि सुरुआतमा पशु तथ्याङ्क सङ्कलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोप कर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैँसी र बङ्गुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।

खोप कार्यक्रम सम्पन्न भएपछि पशुको शरीरमा विकास भएको प्रतिरोधात्मक क्षमता परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार भएमा पूर्ण खोपयुक्त घोषणा गरिने कार्यालयले जनाएको छ ।

पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य  रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सवनम शिवाकोटीले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja