रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला संगीतकर्मी



पोखरा

३३ वर्षीया हलिउड पपस्टार अहिले अर्बपति बनेकी छन् । फोब्र्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् ।

उनको नेट कमाई १ दशमलब ७ मिलियन डलर छ । फोब्र्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत होइन । उनको फेन्टी ब्यूटी कस्मेटिक्स लाइनमा ५० प्रतिशत हिस्साबाट १ दशमलब ४ बिलियन डलरको आम्दानी भएको छ ।

उनको कमाईको बाँकी हिस्सा रिहानाको सेभेज एक्स फेन्टी लिंगरी कम्पनीको हिस्साबाट आउछ । यसबाहेक उनको कमाईको हिस्सा गायन र अभिनयबाट आएको हो ।

रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । सन् २०१७ मा उनले लग्जरी गुड्स कम्पनी एलभीएमएचसँग साझेदारीमा फेन्टी ब्यूटी कम्पनी सार्वजनिक गरेकी थिइन् ।

फोब्र्सको सूचीमा सबैभन्दा धनी इन्टरटेनरको सूचीमा ओप्रा विन्फ्रेपछि रिहाना दोस्रो नम्बरमा छिन् ।

रिहानाले आफ्नो करियरको सुरुवात १७ वर्षको उमेरमा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja