श्रीमतिले हनी सिंहविरुद्ध दिइन् घरेलु हिंसाको उजुरी



पोखरा

बलिउडमा आफ्नो गीतका लागि लोकप्रिय पञ्जाबी गायक यो यो हनी सिंहविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलू हिंसा कानून अनुसार उजुरी दर्ता गराएकी छन् ।

पत्नीको उजुरी पछि दिल्लीको तीस हजारी कोर्टले हनीलाई सूचना पठाउदै जवाफ दिन अनुरोध गरेको छ ।

शालिनीले यो यो हनी सिंह अर्थात् ह्रदेश सिंहविरुद्ध प्रोटेक्स अफ वुमन फ्रम डोमेस्टिक वायलोन्स एक्ट अनुसार उजुरी दिएकी हुन् । यो उजुरी मंगलबार तीस हजारी कोर्ट अफ चीफ मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहसमक्ष दर्ता भएको हो ।

अदालतले हनीलाई जवाफ दिनका लागि अगष्ट २८ सम्मको समय दिएको छ । शालिनीको हकमा अन्तरिम आदेश दिएको छ । जसमा हनीलाई दुवैको संयुक्त सम्पत्तिबाट टाढा बस्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja