स्याङ्जाको चापाकोट नगरपालिका १० दिन बन्द हुने



पोखरा

स्याङ्जाको चापाकोट नगर कार्यपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै यही साउन २९ गते राति १२ः०० बजेसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकासहित नगरअन्तर्गतका वडा कार्यालय, सम्पूर्ण बैंक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी सङ्घ संस्था एवं शैक्षिक संस्थाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

“विश्वव्यापी महामारी तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको सङ्क्रणका कारण नगरभित्रका विभिन्न भागमा गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएकाले आकस्मिकरुपमा बन्द गर्ने निर्णय गरेका हौं”, प्रमुख गिरीले भन्नुभयो।”

नगरपालिकाले सङ्क्रमितको व्यवस्थापनका लागि स्रोत व्यवस्थापन गरी १० श्ययाको आइसोलेशन केयर सेन्टर निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja