श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ



पोखरा

काठमाडौँ महानगरपालिका–१६ चमती बस्दै आएकी २८ वर्षीया बबिता राईको घरयासी विवादमा हत्या गरेको आरोपमा उनका ३३ वर्षीय श्रीमान रामेश्वर गोतामे पक्राउ परेका छन ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार आज (बुधबार) बिहान करिब १ बजेतिर हत्या भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

एसपी बस्नेतले भने घटनास्थल पुगेर अनुसन्धान गर्दा घाँटी थिचेर हत्या गरेको देखिएको छ। शरीरमा कुनै हतियार प्रयोग गरिएको देखिएन ।

एसपी बस्नेतका अनुसार पक्राउ परेका उनको श्रीमानले घरयासी विवादका कारण हत्या गरेको स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja