समितिमा कांग्रेस नेता देवराज चालिसे समितिमा मनोनित



पोखरा

प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले कास्कीका नेता देवराज चालिसेलाई बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिको सदस्यमा मनोनित गर्नुभएको छ । 

समितिको सदस्यमा मनोनित चालिसे पार्टीका प्रभावशाली नेता मानिन्छन् । 

उनी पार्टी गतिविधिका साथै लामो समय प्राध्यापन पेशामा सक्रिय छन् । स्पष्ट र प्रखर वक्ता मानिने नेता चालिसे प्रतिनिधिसभाको निर्वाचनमा कास्की २ बाट प्रतिस्पर्धा गरेका थिए । 

यो समितिको संयोजकमा पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनित भएका छन् । 

यो समितिमा ११ जना सदस्य र तीन जना आमन्त्रित सदस्य रहेका छन् ।

देशका विभिन्न भूभागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पुर्याएको जनधनको क्षतिको तथ्यांक संकलन तथा बाढी पहिरो पीडितलाई राहत पुर्याउन सहयोग गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन्छ  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja