टोकियो ओलम्पिक अन्तर्गत ब्राजिल फुटबलको फाइनलमा



पोखरा

ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् ।

ब्राजिलले अब स्वर्ण पदकको लागि स्पेनसँग खेल्नेछ । स्पेन आयोजक जापानलाई हराउँदै फाइनल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja