पोखराबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ



पोखरा

पोखराबाट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा धादिङ घर भई पोखरा महानगरपालिका वडा नम्बर १३ कमलाटोल बस्ने २६ वर्षिय प्रकाश पोख्रेल र स्याङ्जा घर भई पोखरा १३ बस्ने धिरज सुनार पक्राउ गरेको छ ।

उनीहरुलाई मोटरसाइकलसहित रंगेहात पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट बरामद गरिएको मोटरसाइकल पोखरा १३ मियापाटनका काजीमान श्रेष्ठको रहेको प्रहरीको भनाई छ ।

श्रेष्ठको ग.४ प. ४६२२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल गत बैशाख २६ गतेबाट हराएको थियो ।

उक्त हराएको मोटरसाइकलसहित साउन १८ गते सोमबार पोख्रेल र सुनारलाई नियन्त्रणमा लिइएको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नरबहादुर केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja