पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए बिदा



पोखरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् ।

डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २००९ देखि कप्तानको भूमिकामा रहेका उनले २ वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।

१९ वर्ष व्यावसायिक क्रिकेट खेलेका खण्डाले कप्तानबाट राजीनामा दिएको २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने घोषणा गरेका छन् । उनले २०७६ असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले राष्ट्रिय टोलीलाई पनि सफलता दिलाएका थिए ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले आफ्नै कप्तानीमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म दिलाउन भूमिका खेलेका थिए ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनलाई सफल अलराउन्डर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja