वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा २ महिला थुनामा



पोखरा

फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुई जना महिलालाई थुनामा पठाउन आदेश दिएको छ ।

प्रहरीका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ की प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ की ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुरागकुमार द्विबेदीका अनुसार जिल्ला अदालतको आदेश लगत्तै उनीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।

एसपी द्विवेदीका अनुसार वीरगञ्जबाट काठमाडौँमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि थापा मगर र पोमुले फकाएर र धम्क्याएर बेस्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja