पछिल्लो २४ घण्टामा थप ६०९ जनामा कोरोना पुष्टि



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७४ जनामा गरिएको नमुना परीक्षणमा थप ६०९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०१ जनाको नमुना परीक्षण गर्दा २३९ जना, तनहुँका ११२ जनाको परीक्षण गर्दा ४८ जना, गोरखाका ९९ जनाको परीक्षण गर्दा ६२ जना, लमजुङका ५३ जनाको परीक्षण गर्दा २४ जना र नवलपुरका ९६ जनाको परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १९७ जनाको परीक्षणमा ९८ जना, पर्वतका ६२ जनाको परीक्षणमा २२ जना, बागलुङका १३२ जनाको परीक्षणमा ६६ जना, म्याग्दीका १९ जनाको परीक्षणमा दुई जना र मुस्ताङ जिल्लाका तीन जनाको परीक्षण गर्दा एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६८ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ।

सोमबार पनि गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की पोखरा महानगरपालिकाका तीन जना र स्याङ्गजाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११०३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja