राज्यमन्त्री श्रेष्ठ- कोरोना जोखिम बढ्दै गए कक्षा १२ को परीक्षा स्थगित हुन सक्छ



पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने बताएको छ । मन्त्रालयमा आएको भएको पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ सहित सम्पूर्ण परीक्षा स्थगित गर्न प्रस्ताव गरिने बताए ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।

राज्यमन्त्रीले पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा १२ कक्षाको परीक्षा स्थगित भएको भन्ने सूचना सम्प्रेसण गरिरहेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेसम्म परीक्षा स्थगिगत भएको विषयमा कुनै जानकारी पनि आफूहरुले प्रवाह नगरेको बताएको छ ।

बोर्डका एक अधिकारीले ले भने परीक्षा स्थगित नभएको बताएका छन् । ती अधिकारीले हामीसँगको टेलिफोन सम्पर्कमा भने, ‘परीक्षा स्थगित भएको छैन् । बाहिर आएका हल्ला मात्रै हुन् ।’

शिक्षा मन्त्रालयले पनि अहिलेसम्म परीक्षाा स्थगित गरिएको विषयमा कुनै निर्णय नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja