एन्फा र पोखराको चरक अस्पतालबीच खेलाडीको उपचारका लागि सम्झौता



पोखरा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौतामा एन्फाको तर्फबाट केन्द्रीय सदस्य एवं स्वास्थ्य समितिका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार राष्ट्रिय फुटशल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई सम्पूर्ण स्वास्थ्य उपचारको सुविधा अस्पतालले उपलब्ध गराउने भएको छ । फुटशल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निःशुल्क उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ ।

त्यसै गरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ । राष्ट्रिय फुटशल लिगमा देशका सात प्रदेशबाट गरी १० टिमको सहभागिता रहने फुटशल कमिटीका प्रमुख गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने बताइएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja