पोखरामा एक सातासम्मको लागि ट्राफिक सचेतना कार्यक्रम शुरु



पोखरा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सचेतना कार्यक्रम शुरु भएको छ । कार्यक्रम एक सातासम्म गरिने बताइन्छ ।

कार्यक्रम शुभारम्भ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले गरेका थिए ।

उनले ट्राफिक नियम पालना सबैले गर्ने हो भने दुर्घटना निकै कम हुने बताए । 

उक्त अवसरमा पोखराको पृथ्वीचोक बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी चालकले सवारी संचालन गर्दा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र लेन अनुशासनबारे जानकारी गराइएको थियो ।

यसैगरी सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौं, माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं लगायतका अंकित प्लेकार्डसहित चालक तथा सर्वसाधारणले पालना गर्नुपर्ने कुराहरु सम्बन्धित पर्चा वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए ।

गण्डकी भ्वाइस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja