महिलालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पोखराबाट २ जना पक्राउ



पोखरा

महिला युवतीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा अमरसिंह चोकस्थित एसके खाजाघर सञ्चालन गर्दै आएका ५३ वर्षीया सोनाम गुरुङ र पोखरा रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार खाजाघर सञ्चालन गर्दै आएका उनीहरुले राम्रो काममा लगाइ दिने प्रलोभन देखाएर तथा महिलाहरुलाई डर त्रास देखाएर यौन कार्यमा लगाएको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja