पोखरामा आजबाट सवारी चालक र सहचालकलाई खोप लगाइदै



पोखरा

पोखरामा आजबाट यातायात क्षेत्रका चालक र सहचालकले कोरोना भाइरस विरुद्धको खोप पाउँदैछन् । आज पोखराका विभिन्न पाँच स्थानबाट सवारी चालक र सहचालकलाई भेरोसिल खोप दिइने भएको छ । 

पोखरा महानगरपालिका वडा नं. १ को शहरी स्वास्थ्य केन्द्रबाट पोखरा फेवा यातायात प्रालि र गण्डकी ट्याक्सी व्यवसाय पव्लिक लिमिटेड अन्तर्गतका चालक र सहचालकले खोप पाउनेछन् ।

यस्तै, अमरसिंह माविबाट पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, गण्डारढिकस्थित जनप्रकाश माविबाट पर्यटन वाहक सवारी र बेगनास ताल पोखरा यातायात प्रालि अन्तर्गतका चालक र सहचालकले खोप पाउने पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । 

यस्तै, मालेपाटनस्थित बाराही माविबाट पोखरेली ट्याक्सी सेवा प्रालि र सिमलचौरको जनप्रिय माविबाट पोखरा यातायात प्रालि, स्थानीय यातायात प्रालि र गण्डकी ट्रक यातायात व्यवसायी संघ अन्तर्गतका चालक र सहचालकले खोप पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja