डिज्ने कम्पनीविरुद्ध स्कारलेटको मुद्धा



पोखरा

मार्वल सुपरहिरो फिल्म ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्ने कम्पनीविरुद्ध मुद्धा दर्ता गराएकी छन् । उनले कम्पनीले आफूमाथि गरेको सम्झौता तोडेको आरोप लगाएकी छन् ।

लसएञ्जल्स सुपेरियर कोर्टमा दर्ता गरिएको मुद्दामा ‘ब्ल्याक विडो’को दोहोरो रिलिज रणनीतिले स्कारलेटको क्षतिपूर्तिलाई कम गरेको उल्लेख गरिएको छ । जुन आंशिक रुपले बक्सअफिसको रिपोर्टमा आधारित थियो ।

स्कारलेटलाई फिल्म विशेष रुपमा थिएटरमा रिलिज गर्ने निर्माताले ग्यारेन्टी दिए पनि फिल्म गत जुलाई ९ मा थिएटर र डिज्नीमा एकसाथ रिलिज भएको थियो ।

डिज्नेले कोभिड महामारीको समयमा केही फिल्मका लागि हाइब्रिड पेटर्नको टेस्टिङ गरेको थियो । किनकी कम्पनी आफ्नो स्ट्रीमिङ सेवालाई बढावा दिने प्रयास गरिरहेको थियो । जबकी महामारीका कारण विश्वभरका धेरै थिएटर अझै बन्द छन् ।

जोहानसनका अनुसार उनका प्रतिनिधिले यो मुद्धालाई समाधान गर्नका लागि डिज्नेसँग सम्पर्क गरे पनि डिज्नीले यो विषयमा चासो दिएको छैन । स्कारलेट सन् २०१८ र सन् २०१९ मा फोब्र्स पत्रिकाले बनाएको विश्वको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा शीर्ष स्थानमा परेकी थिइन् ।

उनको प्री–ट्याक्स आम्दानी जुन २०१८ देखि जुन २०१९ सम्म कुल आम्दानी ५६ मिलियन डलर थियो । जोहानसनले मार्वलको नौं फिल्ममा यो भूमिका निभाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja