पठनपाठन सहज बनाउन विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण



पोखरा

कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको छ । जिल्लाको रम्भा गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनेर एक हजार पाँच सयभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरेको हो ।

निषेधाज्ञाले लामो समयसम्म विद्यालयमा पठनपाठन हुन नसकेको बेला अनलाइन कक्षाका लागि र फोनमार्फत विद्यार्थीलाई सोधपुछ गर्न सहज होस् भनेर सिमकार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सिमकार्डबाट विद्यार्थीले शिक्षकलाई सोझै फोन गरेर गृहकार्यका लागि पृष्ठपोषण र पाठ्यपुस्तकको आवश्यक जानकारी लिन सक्नेछन् । निषेधाज्ञाका कारण लामो समय विद्यालय बन्द भएपछि शिक्षण क्रियाकलाप सहज बनाउन सिम वितरण गरिएको रम्भा गाउँपालिकाका शिक्षा संयोजक काशीराम बस्यालले बताए ।

अहिले पनि कोरोना संक्रमण नघटेकाले सिम वितरण गरेर वैकल्पिक माध्यमबाट सिकाइ सुरुवात गरिएको बस्यालले बताए । यसअघि घरमै त्यसै बसेका विद्यार्थीले सिमकार्ड पाउनासाथ विषय शिक्षकलाई सोधपुछ गर्न थालेको रविकिरण मावि पीपलडाँडाका प्रधानाध्यापक केशबहादुर सारुले बताए ।

गाउँपालिकाले हालसम्म कक्षा–४ देखि १० कक्षासम्मका एक हजार सात सय ६५ जना विद्यार्थीलाई निःशुल्क सिम वितरण गरेको जनाएको छ । सातवटा मावि र एउटा आधारभूत विद्यालयका गरी एक हजार सात सय ६५ जना विद्यार्थीलाई सिमकार्ड वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

उनले त्यसका लागि गाउँपालिकाले प्रतिसिम एक सय २५ रुपियाँ विद्यालयलाई रकम उपलब्ध गराएको जानकारी दिए ।

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja