‘सरपट्टा परंबराई’ को हिन्दी रिमेकमा रणवीर सिंह



पोखरा

तमिल फिल्म स्टार आर्याको हालै रिलिज फिल्म ‘सरपट्टा परंबराई’ले दर्शकबाट राम्रो प्रशंसा पाइरहेको छ । निर्देशक पा रञ्जीतको यो स्पोर्टस् ड्रामा फिल्मले समीक्षात्मक रुपमा राम्रो तारिफ पाइरहेको छ ।

फिल्ममा आर्याले ८० को दशकको बक्सरको भूमिका निभाएका छन् । उनको भूमिका बक्सिङसँगै एक डार्क पोस्ट देखाइएको छ । अब यो फिल्मको हिन्दी भर्सन बन्ने चर्चा बलिउडमा छन् । फिल्मको रिमेक भर्सनमा कसले आर्याको भूमिका निभाउदैछन् भन्ने चर्चा चलिरहँदा आर्याले भने यो भूमिकामा रणवीर सिंह नै उपयुक्र्त हुने बताएका छन् ।

‘मलाई लाग्छ कि ‘सरपट्टा परंबराई’को हिन्दी भर्सन बनाइयो भने फिल्म अभिनेता रणवीर सिंह यसका लागि उपयुक्त पात्र बन्न सक्छन् । मलाई शाहरुख खानसँग पनि प्रेम छ । यदि मलाई मौका मिल्यो भने म उनको साथ अवश्य नै काम गर्नेछु । म शाहरुख खान, आमिर खान र सलमान खान जस्ता बलिउड स्टारसँग काम गर्न चाहन्छु’, उनले भनेका छन् ।

आर्याको बुझाईमा वास्तविक जीवनमा कुनै पनि मानिसलाई बक्सिङ रिंगमा दुई मिनेट उभिनु पनि निकै गाह्रो काम हो । उनले आफू ‘रोकी’, ‘रेगिंग बुल’ र यस्तै अन्य बक्सिङ फिल्म हेरेर हुर्किएको बताउदै अहिले फिल्ममा बक्सरको भूमिकामा देखिँदा निकै रमाइलो लागेको खुलाए ।

फिल्म ‘सरपट्टा परंबराई’मा आर्याका अलावा पशुपति, जीएम सुन्दर, जोन कोके र जोन विजय जस्ता कलाकारले अभिनय गरेका छन् । कोरोना कहरका कारण यो फिल्मले पनि थिएटरको अनुहार हेर्न पाएन् । त्यहीकारण फिल्मलाई गत जुलाई २२ मा अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja