प्रहरीले फेला पार्यो परेका भारतीय व्यापारी राज र शिल्पाको संयुक्त बैंक खाता



पोखरा

पोर्न फिल्म बनाएको मामलामा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रालाई लिएर एक नयाँ खुलासा भएको छ । जुन खुलासाले उनकी अभिनेत्री पत्नी शिल्पा शेठ्ठी पनि समस्यामा पर्ने जनाइएको छ ।

यो खातामा लेनदेनको सम्बन्ध कुन तहसम्म थियो भन्ने अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले यो खातामा पोर्न फिल्मको पनि पैसा जम्मा हुने गरेको दाबी गरेको छ ।

क्राइम ब्राञ्चको जाँचले पञ्जाब नेशनल बैंक(पीएनबी)को यो संयुक्त खातामा करोडौं रुपैंयाँ जम्मा गरेको फेला पारेको छ । प्रहरीले ह्वाट्स एप र बलीफेम एपबाट कमाईको कालो धनलाई यसै खातामा जम्मा गरिएको हुनसक्ने दाबी गरेको छ । त्यहीकारण ब्राञ्चको चार सदस्यीय टिम यो खातामा भएको लेनदेनलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको छ ।

पीएनबीको यो संयुक्त खाताका अलावा कुन्द्राको एक अलग खाता पनि छ । तर सन् २०१६ देखि यो खातामा कारोबार भएको छैन । रोचक कुरा के छ भने यो खातामा न्यूनतम ब्यालेन्स पनि राखिएको छैन ।

प्रहरीले जुलाई २३ मा राजको कुन्द्रा अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा फेला पारेको सेक्रेट लकरबाट पीएनबीमा राज र शिल्पाको संयुक्त खाताको दस्तावेज र कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । जसको आधारमा जाँच तिब्र पारिएको छ ।

पोर्न फिल्म निर्माणको मामलामा शिल्पाको सहभागिताको सवाल अहिले केही बाहिर आएको छैन । यहीकारण उनी लगातार रुपमा पति राजको बचाऊ गरिरहेकी छन् । तर राज र शिल्पाको संयुक्त खाताको अनुसन्धानमा यदि प्रहरीले पोर्न फिल्मको कमाईको कुनै सम्बन्ध भेटाएमा शिल्पाका लागि पनि समस्या बन्ने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja