गाेरखाकाे रिसाेर्टमा एक युवक मृत फेला



पोखरा

गाेरखाकाे एक रिसाेर्टमा लेवर काम गर्ने सप्तरीकाे सिसवा बेलही खडग नगरपालिका-२ बस्ने २२ वर्षीय करन कुवँर चौधरी बाटाे तल लडेर मृत अवस्थामा फेला परेका छन् । उसलाई बुधबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

चाैधरीले गोरखाकाे सहिदलखन गाँउपालिका-२ नयाँबारी स्थित मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा.लि. मा लेबर काम गर्दै आएका थिए । मंगलबार बेलुका साढे ५ बजे काम सकेर मनकामनातर्फ गए पछि उनी सम्पर्कमा आएका थिएनन् ।

उनकाे खोजतलास गर्दा बाटोबाट अन्दाजी २० मिटर तल  मृत अवस्थामा फेला परेको थिए । घटनास्थलमा खटिएकाे प्रहरी टोलीले यसबारेमा थप अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी उपरीक्षक अरुण पाैडेलले जानकारी दिनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja