टोकियो ओलम्पिकमा बेलायत महिला फुटबलमा विजयी



पोखरा

बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २–० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ‘ई’ मा रहेको बेलायतले ३ अंक जोडेको छ ।

बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेकी उनले ७३ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बेलायतका थप आधा दर्जन प्रहार खेर गएको थियो ।

बेलायतले आफ्नो दोस्रो खेल जुलाई २४ मा आयोजक जापानसँग खेल्नेछ भने चिलीले क्यानाडाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja