कक्षा १२ को परीक्षा साउन ३१ देखि शुरु हुने, तालिका सार्वजनिक



पोखरा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण रोकिएको १२ को परीक्षा साउन ३१ देखि शुरु हुने भएको हो । परीक्षा भदौ ९ गते सकिने छ ।

परीक्षा सम्बन्धित विद्यालयबाट दिन पाउने व्यवस्था गरिएको छ ।

१२ कक्षाको परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् ।

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja