मुख्यमन्त्री पोखरेलद्वारा बिपी स्मृति दिवसमा श्रद्धासुमन व्यक्त



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै बिपीको बिचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपी कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायावाची शक्तिको रुपमा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रबिन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’ नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गरेका बिपी कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल छ ।

जहानीय राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारधारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उनले गरेको योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपीका सिद्धान्त र आदर्श जहिल्यै पनि मुल मन्त्रका रुपमा स्थापित भएका छन् ।

मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको उनले जनाएका छन् । सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रबिन्दुमा राखे । पोखरेलले उल्लेख गरेका छन्, ‘राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने उहाँको धारणा थियो ।’

नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हँुदा राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण थियो । मुलुकले अहिले पनि उनले देखाएको बाटोलाई नै अनुशरण गर्दै आएको पोखरेलले उल्लेख गरेका छन् ।

प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा मुलुक र नागरिकका समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अंगीकार गर्न र उनले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गरौं र समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja