राष्ट्रिय एकता मजबुत बनाउन चाडपर्वको महत्वपूर्ण भूमिका-मुख्यमन्त्री पोखरेल



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनु भएको छ ।

मुस्लिम समुदायको पर्व बकर ईद को उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त रसमृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभयो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो भन्ने मान्यता छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाउँदै आएको पाइन्छ ।
सुशकामना सन्देशमा उहाँले भन्नुभएको छ , ‘विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरस विरुद्धको संघर्षमा सफलता प्राप्त गर्न र विश्व महामारीका बेलामा अझ दरिलो रुपमा जुट्न आजको दिनले हामी सबैलाई हौसला मिल्ने विश्वास लिएको छु ।’ उहाँले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja